सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १३:३८
828
shares
shares

काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ ।
न्यायपरिषद्को सिफारिसमा संविधानको धारा १२९ को उपधारा (२) बमोजिम डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी न्यायाधीशमा नियुक्त हुनुभएको हो ।
नवनियुक्तमध्ये डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । सारु उच्च अदालत पाटन, पाण्डे हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
















