NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २७ गते शुक्रबार (तदनुसार १३ नोभेम्वर सन् २०२६) को राशिफल

मूल नक्षत्रमा जन्मिएका मानिसहरू धेरै साहसी, डर नमान्ने,सत्य बोल्ने, ढाँट्न नजान्ने,गहिरो सोच्ने, अनुसन्धान गर्न रुचाउने,अरुको लागि जे पनि गर्न तयार धर्म र ध्यानमा रुचि हुने,एकपटक निर्णय गरेपछि पछि नहट्ने खालका हुन्छन् ।

3.47K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २७ गते शुक्रबार (तदनुसार १३ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष चतुर्थी तिथि साझ ६:१७ बजे सम्म, मुल नक्षत्र दिउसो ४:११ सम्म, स्थीर योगा तथा चन्द्रमा धनु राशिमा ।
मूल नक्षत्रमा जन्मिएका मानिसहरू धेरै साहसी, डर नमान्ने,सत्य बोल्ने, ढाँट्न नजान्ने,गहिरो सोच्ने, अनुसन्धान गर्न रुचाउने,अरुको लागि जे पनि गर्न तयार,धर्म र ध्यानमा रुचि हुने,एकपटक निर्णय गरेपछि पछि नहट्ने खालका हुन्छन् । अर्कोतिर रिस एकदमै छिटो उठ्ने, रिसमा जे पनि बोलिदिने,अलि जिद्दी, आफ्नो कुरा मात्र सही ठान्ने स्वभाव पनि रहेको पाइन्छ ।
अरुलाई सजिलै विश्वास नगर्ने, शंकालु र कहिलेकाहीँ एक्लो महसुस गर्ने बोल्दा कठोर लाग्ने, अरुको मन दुखाउने स्वभाव पनि यिनीहरूमा पाइने गर्दछ । यिनीहरू डाक्टर, सर्जन, अनुसन्धानकर्ता, वैज्ञानिक, ज्योतिषी, वकिल, प्रहरी, सेना, गुप्तचर, राजनीतिमा धेरै सफल हुन्छन्। गहिरो खोज गर्नुपर्ने काममा यिनीहरू अरुभन्दा अगाडि नै रहन्छन् ।
स्वास्थ सम्बन्धमा खुट्टा, घुँडा, नसा, पेट र मानसिक तनाव सम्बन्धी समस्या हुन सक्छ। रिस र तनावले नै धेरै रोग ल्याउँछ। नियमित व्यायाम र ध्यान गर्नु आवश्यक छ।वैवाहिक जीवनको सम्बन्धमा मुल नक्षत्रमा जन्मनेहरु
माया धेरै गहिरो गर्ने तर व्यक्त गर्न नजान्ने। पार्टनरले बुझ्न नसक्दा कहिलेकाहीँ दूरी बढ्न सक्ने समेत देखिन्छ । बुझ्ने पार्टनर पाए भने जीवनभर साथ दिने, धोका नदिने स्वभाव पनि यिनीहरूमा देखिन्छ ।

image

स्वभाव अलि चिडचिडापन रहन सक्छ। परिवारका बूढापाकाबाट धनलाभको योग छ। वाणीमा मधुरता राख्नुस्, कसैसँग द्वेष नगर्नुस्। वाहन चलाउँदा सावधान रहनुस्। गाईलाई आफ्नै हातले रोटी दिनु शुभ हुनेछ।

image

गृहस्थ जीवनमा सुखको अनुभव हुनेछ। परिवार र नजिकका आफन्तसँग प्रसन्न वातावरणमा भोजनको आनन्द लिन सकिनेछ, सानो यात्राको योजना पनि बन्न सक्छ। विदेशमा रहेका आफन्तको समाचारले मन खुसी हुनेछ। लक्ष्मीजीको आकस्मिक कृपा हुन सक्छ। अरुको मामिलामा बेवजह दखल नदिनुस्।

image

दिन राम्रो रहनेछ। मिडिया, मार्केटिङ र व्यापारसँग जोडिएकालाई नयाँ जानकारी मिल्नेछ। जागिरेहरूलाई ठूलो प्रोजेक्ट पूरा गर्न वरिष्ठको सहयोग मिल्नेछ। जीवनसाथीका लागि उपयोगी उपहार किन्दा प्रेममा मधुरता बढ्नेछ।

image

दिन राम्रो रहनेछ। मिडिया, मार्केटिङ र व्यापारसँग जोडिएकालाई नयाँ जानकारी मिल्नेछ। जागिरेहरूलाई ठूलो प्रोजेक्ट पूरा गर्न वरिष्ठको सहयोग मिल्नेछ। जीवनसाथीका लागि उपयोगी उपहार किन्दा प्रेममा मधुरता बढ्नेछ।

image

नयाँ ऊर्जा र उत्साहका साथ दिन सुरु हुनेछ। आँटेको काम पूरा गर्न पूरै मेहनत गर्नुहुनेछ। कार्यक्षेत्रमा प्रयासको राम्रो परिणाम मिल्नेछ। परिवारसँग घुम्न वा रमाइलो गर्ने कार्यक्रम बन्न सक्छ। व्यापारका लागि दिन लाभदायक छ, आम्दानी बढ्न सक्छ।

image

अधिकांश समय रचनात्मक र मनपर्ने काममा बित्न सक्छ। लामो समयदेखि प्रयास गरिरहेको कामबाट राम्रो खबर मिल्न सक्छ। आफ्नो क्षमतामा विश्वास राख्नुस्। नेतृत्व क्षमता बढ्नेछ, टिमवर्कबाट लाभ मिल्नेछ।

image

बिहानै शुभ समाचार मिल्न सक्छ। आर्थिक कारोबारमा स्पष्टता राख्नुस्। अरुलाई सल्लाह दिने दिन हो, कामको धपेडी रहनेछ। वरिष्ठबाट कामको प्रशंसा मिल्नेछ। इच्छा नहुँदा पनि यात्रा गर्नुपर्ने हुन सक्छ।

image

आज आर्थिक स्थिति बलियो हुने संकेत छ, बैंक ब्यालेन्स बढ्ने योग छ। आत्मविश्वास बढ्नेछ, राजनीतिमा प्रगतिको संकेत छ। पैसाको मामिलामा हस्ताक्षर र वाचामा सावधान रहनुस्, सबै कुरा लिखितमा माग्नुस्।

image

आफ्नै राशिमा चन्द्रमा भएकाले मन बलियो हुनेछ। यात्रा र नयाँ योजनामा सफलता मिल्नेछ। विश्वास र मूल्यलाई पुनः पुष्टि गर्ने दिन हो। छोटो यात्राका लागि अनुकूल छ।

image

खर्चमा नियन्त्रण राख्नुस्। काममा धैर्यले अगाडि बढ्नुस्। परिवारका बडापाकाको सल्लाह काम लाग्नेछ। भावनात्मक रूपमा केही ठाउँ चाहिन सक्छ, आफूलाई समय दिनुस्।

image

नयाँ मानिससँग सम्पर्क बन्न सक्छ, जुन भविष्यमा लाभदायक हुनेछ। जागिर र व्यापारमा नयाँ अवसर मिल्न सक्छन्। पारिवारिक जीवनमा सामञ्जस्य राख्नुस्। लगानी गर्नुअघि राम्ररी सोच्नुस्।

image

धार्मिक र आध्यात्मिक काममा मन लाग्नेछ। कार्यक्षेत्रमा वरिष्ठको सहयोग मिल्नेछ। आर्थिक स्थिति राम्रो हुन सक्छ। परिवारमा सुख-शान्ति रहनेछ। आफ्ना प्रतिबद्धतालाई बुद्धिमानी पुर्वक प्रयोग गर्नु शुभ देखिन्छ ।

~ज्यो. कलानिधी WhatsApp 9803032959