पोखराविरुद्ध सन्दीपको ६ विकेट, ह्याट्रिकसहित नयाँ कीर्तिमान
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १६:१०
1.38K
shares
shares

काठमाण्डौ – विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध सन्दीपले चार ओभरमा २६ रन खर्चेर ६ विकेट लिएका हुन् । उनले आफ्नो तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे ।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो बलर बनेका छन् । एकै खेलमा ६ विकेट लिने उनी प्रतियोगिताका तेस्रो खेलाडी हुन् । यसअघि साहब आलम र विल बोसिस्टोले यो उपलब्धि हासिल गरेका थिए ।
गत संस्करणमा उत्कृष्ट बलर घोषित सन्दीपले नौ खेलमा १७ विकेट लिएका थिए । पहिलो संस्करणमा भने उनले सात खेलमा ६ विकेट लिएका थिए ।


















