NIMB Long Banner Ad

पहिलो तीन महिनामा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्त

1.08K
shares

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोजसम्म ४२ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ वैदेशिक सहायता भित्रिएको हो । प्राप्त सहायतामध्ये ८१.१३ प्रतिशत ऋण र १८.८७ प्रतिशत अनुदान रहेको छ ।

यस अवधिमा ३४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी ऋण र ७ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी अनुदान प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ९ अर्ब २ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता भित्र्याउने लक्ष्य राखेको छ । तर, पहिलो त्रैमासिकमा वार्षिक लक्ष्यको १३.६९ प्रतिशत मात्रै सहायता प्राप्त भएको छ ।

यस्तै, साउनदेखि असोज मसान्तसम्म ६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।