तीन देशका नवनियुक्त राजदूतले लिए शपथ
वि.सं.२०८३ कात्तिक ३० सोमवार १४:१०
851
shares
shares

काठमाण्डौ – भारत, चीन र इजरायलका लागि नवनियुक्त तीन राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शीतल निवासमा आज आयोजित समारोहमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्णले शपथ लिनुभएको हो ।
सरकारले सिफारिश गरेका १३ जनामध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो । अग्रिमो प्राप्त भएपछि तीन राजदूतले शपथ लिनुभएको हो ।
















