NIMB Long Banner Ad

भारतीय राजदूत दलेलाको परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

920
shares

काठमाण्डौ – नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।