NIMB Long Banner Ad

मधेशले दिएको माया र मतको सम्मान गर्छौँ – रवि

1.06K
shares

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर जान नदिने बताउनुभएको छ ।

छठ मनाउन जनकपुर पुग्नुभएका लामिछानेले सिरहाको बरियारपट्टीमा सम्बोधन गर्दै मधेशको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक न्यायलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले मधेशको विकासमा भ्रष्टाचार र बेथिति बाधक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारले काम थालिसकेको बताउनुभयो । स्थानीय तह निर्वाचनका लागि सक्षम र इमानदार उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ खोलिएको पनि उहाँले जानकारी दिनुभयो ।

जनताको विश्वासअनुसार काम गर्न रास्वपाका जनप्रतिनिधिलाई सेवक बनेर काम गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।