NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर १ गते मंगलबार (तदनुसार १७ नोभेम्वर सन् २०२६) को राशिफल

धनिष्ठा नक्षत्रमा जन्मिएका व्यक्तिहरूको स्वभाव ऊर्जावान् र पराक्रमी हुने गर्दछ । मंगल ग्रहको प्रभावका कारण यी व्यक्तिहरू साहसी, उत्साही र कुनै पनि कार्य दृढताका साथ अगाडि बढाउने किसिमका हुन्छन्। डमरू वा बाँसुरी प्रतीक भएकाले यिनीहरूलाई सङ्गीत, नृत्य, कला वा साहित्यतर्फ गहिरो रुचि हुन्छ। अष्टवसुहरूको प्रभावले जीवनमा भौतिक सुखसुविधा, सम्पत्ति र आर्थिक उन्नति गर्ने क्षमता राम्रो हुन्छ ।

3.93K
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर १ गते मंगलबार (तदनुसार १७ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष अष्टमी तिथि २५ः२७ बजे सम्म,धनिष्ठा नक्षत्र साझ २५ः१९ सम्म, उत्पात योगा तथा चन्द्रमा मकर राशिमा दिउँसो १२ः२७ सम्म । आज मार्गसंक्रान्ती,भौमाष्टमीव्रत, गोरखकाली पुजा,गोपाष्टमी,मुखाष्टमी ।

धनिष्ठा नक्षत्रमा जन्मिएका व्यक्तिहरूको स्वभाव ऊर्जावान् र पराक्रमी हुने गर्दछ । मंगल ग्रहको प्रभावका कारण यी व्यक्तिहरू साहसी, उत्साही र कुनै पनि कार्य दृढताका साथ अगाडि बढाउने किसिमका हुन्छन्। डमरू वा बाँसुरी प्रतीक भएकाले यिनीहरूलाई सङ्गीत, नृत्य, कला वा साहित्यतर्फ गहिरो रुचि हुन्छ। अष्टवसुहरूको प्रभावले जीवनमा भौतिक सुखसुविधा, सम्पत्ति र आर्थिक उन्नति गर्ने क्षमता राम्रो हुन्छ । यीनीहरु आफ्नो लक्ष्यप्रति स्पष्ट र मेहनती हुने भएकाले समाजमा छिटो प्रतिष्ठा कमाउन सफल हुन्छन्।

image

कर्मक्षेत्रमा नयाँ जिम्मेवारी र अवसर प्राप्त हुने दिन छ। रोकिएका सरकारी वा प्रशासनिक कामहरू अघि बढ्नेछन्। नेतृत्व क्षमताको प्रशंसा हुनेछ र आर्थिक पक्ष सबल बन्दै जानेछ।

image

भाग्यले साथ दिने समय छ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो यात्राको योजना बन्न सक्छ। उच्च शिक्षा र अध्ययनमा सफलता मिल्नुका साथै मान्यजनको आशीर्वाद प्राप्त हुनेछ।

image

स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला। महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी अध्ययन गर्नुहोस्। आकस्मिक धनलाभको योग रहे पनि अनावश्यक खर्च नियन्त्रण गर्नु उचित हुन्छ।

image

साझेदारी व्यवसाय र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ कामको थालनी गर्न वा सम्झौता गर्न दिन अनुकूल छ। सामाजिक मानसम्मान बढ्नेछ र साथीभाइको पूर्ण सहयोग मिल्नेछ।

image

प्रतिस्पर्धामा विजय हासिल हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उच्च मूल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ र पुराना विवादहरू समाधान हुनेछन्। शत्रुहरू परास्त हुनेछन्।

image

बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। विद्यार्थी वर्गका लागि आजको दिन विशेष फलदायी रहनेछ।

image

पारिवारिक मामिलामा समय दिनुपर्ने हुन सक्छ। घरजग्गा वा सवारीसाधनसम्बन्धी काममा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। आमाको स्वास्थ्यको ख्याल राख्नुहोस्। धैर्यताले सफलता दिलाउनेछ।

image

पराक्रम र आत्मविश्वास बढ्नेछ। छोटो तथा लाभदायक यात्राको सम्भावना छ। दाजुभाइ तथा सहकर्मीको सहयोगले कठिन कार्य पनि सहजै सम्पन्न हुनेछ। व्यापारिक लाभ मिल्नेछ।

image

बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। आर्थिक कारोबारमा सफलता मिल्नेछ र बचत वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट र मिष्ठान्न भोजनको अवसर जुर्नेछ।

image

रोकिएका कामहरूले गति लिनेछन्। आर्थिक पक्ष सबल बन्नुका साथै नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। सामाजिक कार्यमा सहभागिता बढ्नेछ।

image

बिहानपछि चन्द्रमा आफ्नै राशिमा प्रवेश गर्ने भएकाले आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू सुरु गर्नका लागि समय शुभ रहेको छ। पारिवारिक तथा व्यावसायिक सम्बन्धहरू सुमधुर रहनेछन्।

image

अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा संयमता अपनाउनु होला। यात्रा गर्दा आफ्ना सरसामानको विशेष ख्याल राख्नुहोला। वैदेशिक क्षेत्र तथा टाढाका आफन्तसँगको सम्पर्कबाट भने सकारात्मक समाचार सुन्न पाइनेछ।

~ज्यो. कलानिधी WhatsApp 9803032959