NIMB Long Banner Ad

स्थानीय तह चुनावको तयारीमा निर्वाचन आयोग, मतदाता नामावली अद्यावधिक हुँदै

966
shares

काठमाण्डौ – आगामी स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचन मिति घोषणा हुनुअघि गर्नुपर्ने पूर्वतयारीबारे आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

आयोगले मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढाएको जनाएको छ ।

आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मतदानस्थल र केन्द्र मतदातालाई पायक पर्ने स्थानमा भएरनभएकोबारे स्थानीय तहका जनप्रतिनिधि तथा दलसँग सुझाव लिइएको छ । यस्तै, निर्वाचनमा आवश्यक सामग्रीको विवरण संकलन, मौज्दात जाँच र अपुग सामग्रीको आँकलन भइरहेको छ ।

निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने मिति घोषणा भएपछि गरिने आयोगले जनाएको छ । दलहरूसँगको छलफलपछि सरकारसँग परामर्श गरी निर्वाचन मिति र थप तयारीबारे प्रक्रिया अघि बढाइनेछ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते सकिँदैछ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन तयारी अवधि आवश्यक पर्ने बताउँदै आएको छ ।