NIMB Long Banner Ad
skip this G & K International Education Consultant long ad banner

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, बाढीपीडितलाई चीनको २ मिलियन डलर अनुदान स्वीकार

943
shares

काठमाण्डौ – सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्नुका साथै नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट ‘र्‍यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।

सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना ९२०२६–२०३००, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ समेत स्वीकृत गरेको छ ।