NIMB Long Banner Ad
skip this G & K International Education Consultant long ad banner

पालिका चुनाव वैशाखमा र प्रदेश चुनाव मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

1.13K
shares

काठमाण्डौ – निर्वाचन आयोगले पालिका चुनाव आउँदो वैशाखमा र प्रदेश चुनाव मङ्सिरमा गर्ने प्रस्ताव गरेको छ । आयोगले आज राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा यस्तो प्रस्ताव अघि सारेको हो ।

छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगको प्रस्ताव उपयुक्त देखिएको बताउनुभयो । उहाँले संविधान र कानुनअनुसार चुनाव हुनुपर्ने धारणा राख्नुभयो ।

यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने दुवै चुनाव एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा थप छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आजको छलफल प्रारम्भिक मात्रै भएकाले सरकार, राजनीतिक दल र सरोकारवालासँग थप छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने बताउनुभयो ।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक प्रचण्ड र एमालेका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुग्नुभएको थियो ।