NIMB Long Banner Ad

प्रधानमन्त्री शाह पर्सि भारत भ्रमणमा जाँदै, ३४ सदस्यीय सरकारी टोली

2.69K
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह पर्सि आइतबार दुई दिने भारत भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमणमा ३४ सदस्यीय सरकारी टोली रहनेछ । यस्तै, थप ५२ जना आफ्नै खर्चमा भारत भ्रमणमा जानेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको टोली आइतबार दिउँसो पौने २ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ ।