सुन एकैदिन १२ हजारभन्दा बढीले घट्यो, तोलाको २ लाख ४५ हजारमा झर्यो
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ११:५५
1.15K
shares
shares

काठमाण्डौ – एक हप्तायता लगातार घटिरहेको सुनको भाउ आज पनि ओरालो लागेको छ । सुन आज तोलामा १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबारदेखि सुन तोलामा ३९ हजार ७०० रुपैयाँले घटिसकेको छ । अघिल्लो शुक्रबार सुन तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै जाँदा सुनको माग घटेको र अमेरिकामा ब्याजदर बढ्न सक्ने अनुमानले सुनचाँदीको भाउ ओरालो लागेको हो ।















