NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ५ गते शनिवार (तदनुसार २१ नोभेम्वर सन् २०२६)

रेवती नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया दयालु, परोपकारी, शान्त स्वभावका, सत्यप्रेमी र धार्मिक आस्थाका हुन्छन्। यिनीहरू तीक्ष्ण बुद्धिका, कला, संगीत, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने हुन्छन्। यिनीहरू अरूलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् र समाजमा राम्रो मान–प्रतिष्ठा कमाउँछन्।

3.31K
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ५ गते शनिवार (तदनुसार २१ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष द्वादशी तिथि २५–४० बजे सम्म,रेवती नक्षत्र राति २७–४८ बजे सम्म,धाता योगा तथा चन्द्रमा मीन राशिमा २७ः४८ बजे सम्म,आज चाँगुनारायण अखण्डदीपदर्शन,रुरुरिडीक्षेत्रमा हृषीकेशरथयात्रा ।
रेवती नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया दयालु, परोपकारी, शान्त स्वभावका, सत्यप्रेमी र धार्मिक आस्थाका हुन्छन्। यिनीहरू तीक्ष्ण बुद्धिका, कला, संगीत, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने हुन्छन्। यिनीहरू अरूलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् र समाजमा राम्रो मान–प्रतिष्ठा कमाउँछन्। यो नक्षत्र शान्त, कल्याणकारी र यात्रा तथा शुभकार्यका लागि अनुकुल मानिन्छ।

image

आर्थिक क्षेत्रमा उन्नति हुनेछ। रोकिएका कामहरू बन्नेछन् र पारिवारिक सहयोग मिल्नेछ।

image

व्यापारमा लाभ र नयाँ लगानीको अवसर जुट्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

image

भाग्यले साथ दिनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ र यात्राको योग छ।

image

स्वास्थ्यमा ध्यान दिनुहोला। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु आवश्यक छ।

image

दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी काममा फाइदा पुग्नेछ र रमाइलो जमघट हुनेछ।

image

शत्रु परास्त हुनेछन् र पुराना समस्या समाधान हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

image

बौद्धिक तथा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। सन्तान पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ।

image

घरायसी वातावरणमा सामान्य तनाव हुन सक्छ। सवारी साधन चलाउँदा वा कागजातमा सही गर्दा सजग रहनुहोला।

image

पराक्रम र आत्मविश्वास बढ्नेछ। दाजुभाइ तथा छिमेकीको सहयोग मिल्नेछ र छोटो यात्रा हुनेछ।

image

बोलीको प्रभावले अधुरा कामहरू पूरा हुनेछन्। आर्थिक स्थितिमा सुधार र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

image

उत्साह र उमङ्गले भरिपूर्ण दिन,नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। मान-प्रतिष्ठा बढ्नेछ।

image

अनावश्यक खर्च बढ्न सक्ने भएकाले नियन्त्रण राख्नुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्रामा सामान्य ढिलासुस्ती हुन सक्छ।

~ज्यो. कलानिधी WhatsApp 9803032959