प्रधानमन्त्री बालेनको भारत भ्रमणमा व्यापार, ऊर्जा र लगानी प्राथमिकतामा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १६:२२
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुईदिने भारत भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा तथा पूर्वाधार विकासका विषयले प्राथमिकता पाउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा दुई देशबीच आर्थिक सहकार्य र विकास निर्माणका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ ।
यस्तै, भारतीय लगानी आकर्षित गर्न नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् भने निजी क्षेत्रका ५२ जना व्यवसायी पनि सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
















