फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
वि.सं.२०८३ मंसिर ८ मंगलवार १२:५०
966
shares
shares

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
















