NIMB Long Banner Ad

एसीसी मेन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

208
shares

एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो। यो सँगै नेपालले दुई खेलबाट ४ अंक पु¥याउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाउन सफल भयो ।
नेपालका अर्जुन कुमालले अविजित ४५ रन बनाउदै ८ बलमा ४ चौका प्रहार गर्न सफल भए । इशान पाण्डेले २९ बलमा २० रन बनाए भने रोहितकुमार पौडेलले १६ बलमा १० रन जोडे।

दीपेन्द्रसिंह ऐरीले ११ बलमा १२ रन बनाएर अर्जुनसँगै अविजित रहे। मलेसियाका सैयद अजिज, अरिफ उल्लाह, विरन्दीप सिंह र प्रशान्त मधुकरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो।