NIMB Long Banner Ad

इन्जिनियर घिमिरेको अन्तिम संस्कार

299
shares

२० भदौ,काठमाडौं ।इन्जिनियर इन्दीवर घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
रसुवा स्थित अपर त्रिशूली–३बी जलविद्युत् आयोजनाका प्रमुख घिमिरे राष्ट्रकवि माधवप्रसाद घिमिरेका ज्येष्ठ छोरा हुनुहुन्छ ।
उहा गत भाद्र १० मा गएको बाढी र पहिरोपछि क्याम्पबाट सम्पर्कविहीन हुनु भएको थियो । ६२ वर्षीय घिमिरे लामो समयदेखि जलविद्युत् क्षेत्रमा समर्पित रहनु भएको थियो भने मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका आजीवन सदस्यसमेत रहँदै आउनु भएको थियो। नवौँ दिनसम्म पनि फेला नपरेपछि परिवारले नवौं दिनका दिन कुशको शव बनाएर पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको हो । उहाको निधनले नेपाली साहित्यिक र जलविद्युत् क्षेत्र शोकमा डुबेको छ।उहाको योगदान र समर्पणलाई सम्झिँदै विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।