NIMB Long Banner Ad

मिति २०८३ भाद्र २१ गते आइतबारको राशिफल

455
shares

मिति २०८३ भाद्र २१ गते आइतबार, 6 September सन् 2026 आज चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र छ। आज घरबाट बाहिर निस्कदा घिउ खाएर निस्कदा शुभ हुन्छ। शुभ समय बिहान ०८:५३ देखि १०:२७ सम्म ।

image

साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ। कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन। मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ। अध्ययनमा रुचि जाग्नेछ। आत्मविश्वास बढ्ने दिन।

image

अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो। प्रभावशाली कुराकानीले बैठकमा राम्रो छाप छोड्न सक्नुहुन्छ। अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ।

image

भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदा/नचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ। कार्यस्थल र घरपरिवारमा खुसीको वातावरण छ, तर केही समय व्यक्तिगत खुसीका लागि छुट्याउनु पर्ने हुन्छ।

image

अल्छीपना र शरीर भारी हुने, खर्चको मात्रामा अचानक वृद्धि हुनसक्छ। नजिकैको आफन्तसँग कारोबार गर्दा सावधानी अपनाउनु पर्ने दिन हो। कुविचार र शंकाले घेर्ने भएकाले लक्ष्यप्रति सचेत हुनुपर्छ।

image

लाभमूलक काममा दौडधुप भए पनि वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ। महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ र हरेक प्रतिस्पर्धामा विजयी बन्ने दिन हो।

image

वकिल, शिक्षक, परामर्श, लेखा, कम्प्युटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो। दौडधुप धेरै भए पनि प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि मिल्नेछ।

image

सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, तथापि परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ, दाम्पत्य जीवन सुखमय बन्ने योग छ।

image

बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। पढाइलेखाइ र व्यापारमा सोचेको फाइदा नउठ्ने योग छ, नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला।

image

दीर्घकालीन रूपमा लाभ हुने काममा हात हाल्ने समय छ। सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ। प्रेमभाव वृद्धि हुनेछ।

image

कर्मक्षेत्रमा नयाँ जिम्मेवारी मिल्न सक्छ। आर्थिक पक्ष बलियो हुनेछ तर स्वास्थ्यमा घुँडा र ढाडको ख्याल गर्नुपर्ला। परिवारको सल्लाहले काम बन्नेछ।

image

नयाँ योजना सुरु गर्न अनुकूल दिन। साथीभाइबाट सहयोग मिल्नेछ। यात्राको योग छ, तर खर्च बढ्ने देखिन्छ।

image

रचनात्मक काममा सफलता मिल्नेछ। मनमा शान्ति छाउनेछ। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ। पुरानो रोग भएमा आराम मिल्नेछ।

~ज्यो.कलानिधी व्हाट्स एप ९८०३०३२९५९