NIMB Long Banner Ad

भोटेकोशी बाढीपीडितलाई भौतिक राहतसँगै मानवीय संवेदनाको खाँचो : गगन थापा

221
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीपीडितलाई भौतिक राहतसँगै मानवीय संवेदना र साथको खाँचो रहेको बताउनुभएको छ ।

पार्टीको कार्यसम्पादन समिति बैठकमा स्थलगत भ्रमणको अनुभव सुनाउँदै उहाँले बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवार र अभिभावक गुमाएका बालबालिकाको पीडा गहिरो रहेको बताउनुभयो ।

थापाले सुरुङ उद्धारमा विज्ञ र इन्जिनियरलाई समयमै परिचालन गर्न नसकिएको भन्दै सरकारी समन्वयमाथि प्रश्न उठाउनुभयो । साथै, बेपत्ता व्यक्तिका परिवारले राहत, बिमा र पेन्सनका लागि लामो समय कुर्नुपर्ने कानुनी व्यवस्था तत्काल संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई राष्ट्रिय सुरक्षासँग जोडेर दीर्घकालीन रणनीति बनाउनुपर्ने बताउनुभयो ।