NIMB Long Banner Ad

देवीघाटमा बाढीपीडितको सम्झनामा बौद्ध भिक्षुको प्रार्थना

130
shares

नुवाकोट । त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको शान्ति र सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाटमा धार्मिक अनुष्ठानसहित प्रार्थना गरेका छन्।

बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभ र पीडित परिवारलाई धैर्य मिलोस् भन्ने कामना गरेका हुन्।

भदौ १० गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।