NIMB Long Banner Ad

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार घोषणा

स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालमा रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गरेकोमा हाल रु. पाँच लाखको नगद पुरस्कार र सम्मान–पत्र प्रदान गर्दछ ।

390
shares

आइतबार। रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०८३ को पुरस्कार र सम्मान निम्न तीन संस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ । यस कोषले २०७१ देखि नेपालीहरूलाई लक्षित गरी उदाहरणीय रुपमा सामाजिक सेवा गरिरहेका संस्था वा व्यक्तिहरूलाई बर्सेनी पुरस्कृत तथा सम्मानित गर्दै आएको हो।

आइतबार बसेको रामबाबु–ज्ञानुसामाजिक सेवा पुरस्कार कोषको साधारण सभाले आश्रित जेष्ठ नागरिकलाई आश्रय, गाँसबास, औषधोपचारको व्यवस्था गरी वृद्धवृद्धालाई संरक्षण, धार्मिक र दाहसंस्कार कार्यमा ४३ वर्षदेखि मानवीय सहायता उपलब्ध गराउँदै आएको विश्रान्ति मन्दिर, मूलघाट, धनकुटा नगरपालिका ९ लाई रु २ लाख नगद सहितको रामबाबु – ज्ञानु सामाजिक सेवा पुरस्कार, २०८३ र यस संस्थाका अध्यक्ष श्री शारदा प्रसाद मिश्रज्यू र महासचिव श्री जनार्दन घिमिरेज्यूलाई सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै कोषले यस वर्ष रु. १ लाख नगदको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार, २०८३ पुरस्कार निम्न ३ संस्थाहरूलाई तथा संस्थाको अध्यक्षलाई सम्मानपत्र अर्पण गर्ने निर्णय गरेको छ । पूर्वाञ्चल बालसेवा आश्रम, आश्रम टोल, विराटनगर महानगरपालिका – १३, मोरङ्गस्थित औपचारिक रुपमा २०४४ मा दर्ता हुनुअघि २०३७ देखि अनाथ, टुहुरा बाबुआमाबाट परित्यक्त बालबालिकालाई लालनपालन तथा उचित शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाउँदै बालबालिकालाई स्वाबलम्बी बन्नमा सहयोग पु¥याउनुका साथै बालबालिकाको विकासमा विभिन्न सहयोग पु¥याउँदै आउनु भएकी संस्थापक अध्यक्ष श्रीमती सीता पोखरेललाई रामबाबु–ज्ञानु समाज सेवा पुरस्कार र सम्मानपत्र अर्पण गर्ने निर्णय गरेको हो ।

पुरस्कार कोषले ॐ अपाङ्ग बालबालिका स्याहार केन्द्र, पुरानो नैकाप, कंकाली, चन्द्रागिरी नगरपालिका– १३, काठमाण्डौंका अध्यक्ष श्री रत्नकला आलीलाई रामबाबु–ज्ञानु समाज सेवा पुरस्कार र सम्मानपत्र अर्पण गर्ने निर्णय गरेको हो । अपाङ्ग बालबालिका स्याहार केन्द्र जन्मजात रुपमा वा कुनै दुर्घटनाको कारण अशक्त अपाङ्ग हुन पुगेका, मानसिक, शारीरिक क्षमता गुमाएका बालबालिकालाई संरक्षण, औषधोपचार, आवास, खाना र नानाको व्यवस्था २०६७।०१।२७ मा दर्ता भएको संस्थाको रुपमा परिचित रहँदै आएको छ ।

यसैगरी असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर), बर्दगोरिया गाउँपालिका – २, कैलालीका संस्थापक अध्यक्ष श्री बलबहादुर विष्टलाई लाई पनि रामबाबु–ज्ञानु समाज सेवा पुरस्कार र सम्मानपत्र अर्पण गर्ने निर्णय कोषले गरेको हो । सहारा घर, असहाय वृद्धवृद्धा, अपाङ्ग र बालबालिकालाई आश्रय, खानपान, औषधोपचार र शिक्षाको प्रबन्ध सहितको संरक्षण २०७२।०९।२१ मा संस्था दर्ता गरी सोमार्फत असहाय वृद्धवृद्धा, अपाङ्ग र बालबालिकाहरुको हितमा काम गर्दै आएको छ ।

स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालमा रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गरेकोमा हाल रु. पाँच लाखको नगद पुरस्कार र सम्मान–पत्र प्रदान गर्दछ । निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय तवरले योगदान गरिरहेका प्रतिभाहरूको छनोट पाँच सदस्यीय छनोट समिति गठन गरी पुरस्कार र सम्मानका लागि साधारणसभा समक्ष अनुमोदनका लागि सिफारिश गर्ने विधान रहेकोले आइतबार बसेको कोषको साधारण सभाले २०८३ को पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।