कस्तो छ आजको तपाईंको राशिफल, हेर्नुहोस्
वि.सं.२०८३ भदौ २२ सोमवार ०७:५५
shares

आज मिति २०८३ साल भाद्र २२ गते सोमवार तदनुसार ७ सेप्टेम्बर सन् २०२६ श्रीशालिबाहनीय श्रीशाके संवत् १९४८ नेपाल संवत् ११४६ (गुंगाला) तथा रौद्रनामसंवत्सर, भाद्र कृष्णपक्ष –एकादशी तिथि अपरान्ह ५ बजेर २५ मिनेट सम्म, नक्षत्र–पुनर्वसु साझ ६ बजेर ३३:२१ मिनेटसम्म। चन्द्रमा – मिथुन राशिमा । सूर्योदय बिहान ५ बजेर ४५:२५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १७:५१ मिनेटमा हुनेछ । आज अजा एकादशी व्रत, निजामती सेवा दिवस ।भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक। आज जन्मिने बच्चा मिथुन राशिको हुनेछ भने आज बाहिर निस्कदा ऐनामा पुरा शरीर हेरेर यात्रा गर्दा शुभ हुनेछ ।
।
चन्द्रमाको प्रभावले आज मनमा नयाँ उत्साह आउनेछ भने रोकिएको जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ । सहकर्मीको सहयोगले जटिल काम सहज बन्नेछ। व्यापारमा नयाँ कारोबारको सम्भावना हुनुको साथै आकस्मिक खर्च पनि आउन सक्छ।
व्यवहारिक निर्णयले आर्थिक लाभ दिलाउन सक्छ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सकिनेछ, पुरानो सम्पर्कबाट राम्रो अवसर मिल्न सक्छ। परिवारमा सुखद वातावरण बन्नेछ।
आजको दिनमा बोल्ने र सम्झाउने क्षमता बलियो रहनेछ ।छलफल वा वार्ताबाट आफ्नो पक्षमा निर्णय गराउन सकिनेछ। व्यापारमा नयाँ ग्राहक थपिन सक्छन्।
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नियमित कार्यमा चुनौती आइपर्न सक्छ, तर मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। समस्यामा आफन्तजनको साथ मिल्नेछ।
नियमित कार्यमा चुनौती आए पनि आत्मविश्वासले समस्या पन्छिनेछन्। आफ्नै प्रयत्नबाट चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ, आयआर्जनका स्रोत बढ्नेछन्।
लक्ष्य र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ। अभिभावकसँग छलफल गरी अघि बढेमा काम सहज हुनेछ। अन्त्यसम्म व्यस्त रहे पनि मिहिनेत अनुसार प्रतिफल मिल्नेछ।
भाग्यबल बढ्ला, सहयोग तथा उपहार प्राप्त हुने समय छ, आयआर्जन राम्रै होला। शुभचिन्तकको सुझावलाई बेवास्ता नगर्नुहोला, यात्राबाट लाभ मिल्नेछ।
मिश्रित फलदायी दिन। परिवारजनको साथले उत्साह जगाउला, तर सहयोगीहरू पछि हट्नाले महत्वपूर्ण योजना थाती रहन सक्छ। विवादको योग भएकाले सन्तुलित व्यवहार हितकर।
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ। छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले बोलीमा सावधानी अपनाउनु।
सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुरेको छ। प्रतिस्पर्धीले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि जित तपाईंकै हुनेछ।
नयाँ मित्रता र सम्पर्क बढ्ने दिन, मान-सम्मान मिल्नेछ। व्यापारमा लगानी बढाउन सकिनेछ, तर स्वास्थ्यमा खानपानको ख्याल गर्नुहोला।
रचनात्मक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। पुरानो रोकिएको काम बन्नेछ, परिवारसँग रमाइलो समय बित्नेछ। आर्थिक कारोबारमा भने होसियारी अपनाउनुहोला।
~ज्यो.कलानिधी व्हाट्स एप ९८०३०३२९५९
























