NIMB Long Banner Ad

विपद्का बेला राष्ट्रिय एकताका साथ जलवायु न्यायको आवाज उठाउन रविको आग्रह

2.15K
shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का बेला सत्ता पक्ष र प्रतिपक्षको सीमाभन्दा माथि उठेर राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायसमक्ष एकजुट हुन आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले भोटेकोशी बाढीमा सबै एक ठाउँमा उभिएको उल्लेख गर्दै पीडितको गुनासो र आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विपद् व्यवस्थापनमा प्रतिपक्षका रचनात्मक सुझाव स्वीकार गर्न सरकारलाई आग्रह गर्दै विपद्का नाममा राजनीति नगर्न सबै पक्षसँग अनुरोध गर्नुभयो।

जलवायु सङ्कटका कारण प्रभावित नागरिक असमान भार खेप्न बाध्य भएको उल्लेख गर्दै उहाँले जलवायु अन्यायविरुद्ध विश्व समुदायसँग न्याय माग्नुपर्ने बताउनुभयो। साथै, उद्धारमा खटिएका सुरक्षाकर्मी, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरआवासीय नेपाली समुदाय र मित्रराष्ट्रले गरेको सहयोगको उहाँले प्रशंसा गर्नुभयो।