NIMB Long Banner Ad

जापानको नागोयामा भारी वर्षा, एसियाली खेलाडी सुरक्षित स्थानमा सारिए

2.02K
shares

टोकियो । जापानको नागोयामा भारी वर्षापछि एसियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई बुधबार केही समयका लागि सुरक्षित स्थानमा सारिएको छ।

मङ्गलबार एक घन्टामै करिब १०४ मिलिमिटर वर्षा भएपछि केही क्षेत्रमा बाढीको जोखिम बढेको थियो। गार्डेन पियर क्षेत्रमा अस्थायी कन्टेनरमा बसिरहेका खेलाडीलाई पनि सुरक्षित स्थानमा सारिएकोमा करिब दुई घन्टापछि उनीहरूलाई पुनः आवासमा फर्काइएको थियो।

भारी वर्षाका कारण केही खेलस्थलमा पानी चुहिएको विवरण आए पनि क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन। एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुने भए पनि केही खेल भने यसअघि नै सुरु हुँदैछन्।

वर्षाका कारण नागोयाका सबवे तथा बस सेवा केही समय प्रभावित भएका थिए। जापान मौसम विज्ञान एजेन्सीले बाढीको जोखिमबारे चेतावनी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ। प्रतियोगितामा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुने अपेक्षा गरिएको छ।