NIMB Long Banner Ad

आज देशभर बदली, केही स्थानमा भारी वर्षा

143
shares

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमतीका हिमाली तथा पहाडी भू-भाग र गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।