NIMB Long Banner Ad

बाढीपहिरोले विभिन्न सडकखण्ड अवरुद्ध, राति १० बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक

247
shares

काठमाडौँ । बाढी तथा पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ ।

पाँचथरको फिदिम–फालेलुङ, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेको बीपी राजमार्ग र चितवनको नारायणगढ–मुग्लिन सडकमा भने समयअनुसार तथा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

मनाङको चामे–बेँसीसहर सडकखण्डमा निर्माणका कारण सवारी सञ्चालन प्रभावित भएको सडक विभागले जनाएको छ ।