रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
वि.सं.२०८३ भदौ २८ आइतवार १०:२८
130
shares
shares

रुकुमपश्चिम। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ र ६ को सिमाना डाङडुङ्गेमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार बिहान कोटगाउँबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो । स्थानीयका अनुसार जिपमा ११ जना सवार थिए । दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
मृतकको सनाखत हुन बाँकी छ । घाइतेको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न गाउँपालिकाले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ ।
















