यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
वि.सं.२०८३ असोज ५ सोमवार ०७:५४
shares

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आइतबार बेलुकी अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ।
मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार (असोज ६ गते) १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्नुहुनेछ। उहाँले असोज ८ गते ९सेप्टेम्बर २४० महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ। न्युयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
















