मनास्लुमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु
वि.सं.२०८३ असोज ५ सोमवार ०९:४०
325
shares
shares

काठमाडौँ । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर जर्मनीका नागरिक ध्रुवज्योति गुहा र नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार तेस्रो शिविरमा सुतिरहेको टेन्टमाथि हिमपहिरो खस्दा दुवै जना करिब सात फिट हिउँले पुरिनुभएको थियो। दुवै जना मकालु एड्भेन्चर कम्पनीमार्फत मनास्लु आरोहणमा जानुभएको थियो।
उहाँहरूको शव आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।
यससँगै यस याममा मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। यसअघि सिङ्गापुरका आरोही लाउ वी सेङ र नेपाली सहयोगी टासी शेर्पाको मृत्यु भएको थियो।
















