आजको विदेशी मुद्रा विनिमयदर, डलर १५३.४९ रुपैयाँ
वि.सं.२०८३ असोज ८ बिहीवार ०७:४४
shares

काठमाडौँ, असोज ८ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै, अस्ट्रेलियन डलर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर ११९ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ८० पैसा र साउदी रियाल ४० रुपैयाँ ७१ पैसा खरिददर तोकिएको छ ।
कतारी रियालको खरिददर ४१ रुपैयाँ ९५ पैसा, युएई दिराम ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४७ पैसा र कुवेती दिनार ४९७ रुपैयाँ २० पैसा रहेको छ ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
















