NIMB Long Banner Ad

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

241
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान र लोकतन्त्रमा आँच आउने गतिविधि गर्ने जोकोहीले जिम्मेवारी लिनुपर्ने र सजायको भागीदार हुनुपर्ने बताए।

संविधानप्रदत्त अधिकारको हवाला दिएर त्यसविरुद्धका गतिविधि गर्नु स्वीकार्य नहुने उनको भनाइ थियो।