NIMB Long Banner Ad

पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

184
shares

काठमाण्डौ – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ ।

पहिरोले नदी थुनिएर अस्थायी बाँध बनेपछि बाँध फुट्न सक्ने र एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै कोशी प्रदेश सरकारले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।