NIMB Long Banner Ad

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ नगर्न रास्वपाको निर्देशन

1.91K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ।

आज बसेको पार्टी सचिवालय बैठकले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनले प्रेस स्वतन्त्रताको पक्षमा पार्टी स्पष्ट रहेको बताउँदै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न सरकारलाई निर्देशन दिएको पनि बताए।