NIMB Long Banner Ad

दार्चुलामा जिप दुर्घटना, पाँच जना घाइते

1.13K
shares

दार्चुला, कात्तिक २७ गते । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित खेलमैदानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बरको जिप मोड्ने क्रममा पल्टिँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा महाकाली नगरपालिका–४ का अनु लुहार, अस्मिता ओड, अनुषा चुनारा, सङ्गीता चुनारा र भुमा चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । जिपमा चालकसहित नौ जना सवार थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।