सुदूरपश्चिमले काठमाण्डौलाई दियो १२६ रनको लक्ष्य
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १४:४५
1.13K
shares
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)( क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६० र थरिन्दु रत्नायकेले अविजित २६ रन बनाए । काठमाण्डौका जहानदाद खानले तीन विकेट लिए ।
यो खेल जित्ने टोली प्लेअफमा पुग्नेछ । दुवै टोलीको समान आठ अङ्क भए पनि काठमाण्डौ दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन् । आजै बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच अर्को खेल हुनेछ । लुम्बिनी प्लेअफमा पुगिसकेको छ भने पोखरा बाहिरिएको छ ।

















