NIMB Long Banner Ad

छठ पर्वमा लगातार दुई दिन सार्वजनिक बिदा

3.15K
shares

काठमाडौँ, कात्तिक २७ गते । सरकारले छठ पर्वको अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि कात्तिक २९ गते आइतबार बिदा दिएको सरकारले पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गरिने परम्परा रहेकाले थप एक दिन बिदा दिइएको हो ।