श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २८ गते शनिबार (तदनुसार १४ नोभेम्वर सन् २०२६) को राशिफल
आज मेष, सिंह, तुला र धनुलाई उत्साहजनक, वृष, कर्कट, कन्या र मीनलाई पारिवारिक सुख, मिथुन, वृश्चिक, मकर र कुम्भलाई धैर्य र सोचविचारसहित निर्णय गर्नुपर्ने दिन देखिन्छ। पूर्वाषाढा नक्षत्रमा जन्मिएका मानिसहरू धेरै उत्साही, साहसी र आत्मविश्वासी हुनुका साथै हार नमान्ने स्वभाव देखिन्छ । जस्तोसुकै कठिनाइमा पनि अगाडि बढ्ने अरुलाई प्रभाव पार्न सक्ने आकर्षक व्यक्तित्व हुनुका साथै आफ्नो कुरामा अडिग, वाचा पूरा गर्ने खालको स्वभाव देखिन्छ । साथीभाइलाई धेरै माया गर्ने, सहयोगी,कला, संगीत, सुन्दरतामा रुचि हुने देखिन्छ ।
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०५:४४
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २८ गते शनिबार (तदनुसार १४ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनामसंवत्सर,कार्तिदक शुक्लपक्ष पन्चमी तिथि साझ ८:२६ बजे सम्म, पूर्वाषाढा नक्षत्र साझ ६ :४८ सम्म, मातङ्ग योगा तथा चन्द्रमा धनु राशिमा । आज बिश्व मधुमेह दिवस। शनिदेवलाई तेल, कालो तिल चढाउनु र असहायलाई सहयोग गर्नु शुभ मानिन्छ।
आज मेष, सिंह, तुला र धनुलाई उत्साहजनक, वृष, कर्कट, कन्या र मीनलाई पारिवारिक सुख, मिथुन, वृश्चिक, मकर र कुम्भलाई धैर्य र सोचविचारसहित निर्णय गर्नुपर्ने दिन देखिन्छ।
पूर्वाषाढा नक्षत्रमा जन्मिएका मानिसहरू धेरै उत्साही, साहसी र आत्मविश्वासी हुनुका साथै हार नमान्ने स्वभाव देखिन्छ । जस्तोसुकै कठिनाइमा पनि अगाडि बढ्ने अरुलाई प्रभाव पार्न सक्ने आकर्षक व्यक्तित्व हुनुका साथै आफ्नो कुरामा अडिग, वाचा पूरा गर्ने खालको स्वभाव देखिन्छ । साथीभाइलाई धेरै माया गर्ने, सहयोगी,कला, संगीत, सुन्दरतामा रुचि हुने देखिन्छ ।
अर्कोतिर अलि जिद्दी र घमण्डी हुन सक्ने र आफूलाई अरुभन्दा ठूलो ठान्ने स्वभाव देखिन्छ । खर्च धेरै गर्ने, पैसा जोगाउन नसक्ने, रिस उठेमा कठोर बोल्ने र कहिलेकाहीँ अरुको कुरा नसुन्ने स्वभावले गर्दा आलोचनाको पात्र समेत बन्नु पर्ने देखिन्छ ।
व्यापार, राजनीति, प्रशासन, सेना, खेलकुद, फिल्म, कला, संगीत, फेसन, होटल व्यवसायमा भने धेरै सफल हुन्छन्। नेतृत्व गर्ने पदमा पुग्ने योग बन्नुका साथै आफ्नै व्यवसायमा राम्रो सफलीभुत हुने योग देखिन्छ ।
स्वास्थ्यको सम्बन्ध मा कम्मर, हड्डी, जोर्नी, पेट र छाला सम्बन्धी समस्या हुन सक्ने देखिन्छ ।
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला। मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।
समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मेहनत अनुसार फाइदा कमै होला। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।
आज नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ। साथै, व्यापार व्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। तर चन्द्रमाको छैटौं भावको प्रभावले अडेका बाधा हल्लिन थाल्छन्, प्रतिस्पर्धी कमजोर हुन्छन् र पुरानो स्वास्थ्य समस्यामा राहत मिल्छ।
मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला। साथै, भौतिक साधनको क्षतिले रुपैयाँ पैसाको हानि हुने देखिन्छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ।
परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। व्यवस्थित सोच र योजनाबद्ध प्रयासले काम सहज हुनेछ। परिवारसँग समय बिताउने मौका मिल्नेछ। खर्च र आम्दानीबीच सन्तुलन राख्नु राम्रो देखिन्छ ।
धैर्य र समय व्यवस्थापन आज धेरै आवश्यक छ। हतारमा निर्णय नगर्नुस्। पुराना सम्बन्ध सुधार्ने अवसर मिल्नेछ। रोकिएका कामलाई गति दिन सकिनेछ। खर्च व्यवस्थापनमा ध्यान दिनुस्।
आजको दिन उत्साह, आत्मविश्वास र सकारात्मक सोचका दृष्टिले राम्रो रहने संकेत छन्। नयाँ योजना बनाउने तथा पुराना कामलाई गति दिने अवसर मिल्न सक्छ। आफ्नो अनुभव र क्षमताको उपयोग गर्दा व्यक्तिगत काममा सन्तुष्टि प्राप्त हुनेछ। आर्थिक पक्षमा अवसरका सम्भावना देखिए पनि ठूला निर्णय लिनुअघि आवश्यक तयारी गर्नु उचित हुनेछ।
धैर्यले काम लिनुपर्ने दिन हो। कामको चाप बढ्न सक्छ। परिवारको सहयोगले मन हलुका हुनेछ। ठूला आर्थिक निर्णय आजलाई टार्नु राम्रो हुनेछ। आगामी साताको योजना बनाउन आज राम्रो दिन हो।
सोचविचारसहित निर्णय गर्नुस्। नयाँ काम सुरु गर्नुअघि सबै पक्ष बुझ्नुस्। साथीभाइ र परिवारसँगको संवादले समस्या सुल्झाउन मद्दत गर्नेछ। स्वास्थ्यमा ध्यान दिनुस्।
पारिवारिक सम्बन्ध तथा व्यक्तिगत काममा सन्तुष्टि पाइनेछ। घरायसी काम पूरा गर्ने र आगामी साताको तयारी गर्ने अवसर मिल्नेछ। मन शान्त हुनुका साथै दिन रमाइलो संग बित्नेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959

























