NIMB Long Banner Ad

सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घट्यो

667
shares

काठमाण्डौ । लगातार दुई दिन बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको थियो भने सोमबार ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ३५ रुपैयाँ र सोमबार ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदी तोलाको ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।