NIMB Long Banner Ad

पीएसजी पराजित

208
shares

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा मोनाकोसँग २–१ ले पराजित भएको छ।
घरेलु मैदानमा पीएसजीका लागि मार्किन्होसले ३१औं मिनेटमा गोल गरेको हो । मोनाकोका लागि फ्लाभियो नाजिन्होले ५८औं मिनेटमा बराबरी गोल गर्दा स्टानिस इडुम्बोले ७२औं मिनेटमा निर्णायक गोल गर्न सफल भएका हुन् । जितसँगै मोनाको लिग वानको शीर्ष स्थानमा पुग्दै सिजनका सुरुआती तीनवटै खेल जित्न सफल भएको छ । पीएसजीले भने लिगको पहिलो दुई खेलमा रेनेस र लिलसँग समान २–२ को बराबरी खेलेको थियो।