NIMB Long Banner Ad

नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

208
shares

काठमाडौं । अष्ट्रेलियामा जारी एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित भएको छ ।

डार्विनस्थित रारा क्रिकेट मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले ४९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा रिस मारिउले १३४ बलमा १३७ रनको शतकीय पारी खेले ।

नेपालका रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले दुई–दुई विकेट लिए भने पवन सर्राफ र विपिन खत्रीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २११ रनमा अलआउट भएको थियो । पवन सर्राफले ५९ तथा लोकेश बमले ४७ रन बनाए । कप्तान अनिलकुमार साहले २४ र मयन यादवले २० रन जोडे ।

न्युजिल्यान्डका म्याथ्यु फिसरले चार विकेट लिए । यससँगै नेपालले तीन खेलको शृङ्खलामा तीनवटै खेल गुमाएको छ ।