लगातार पाँच दिन बढ्यो शेयर बजार, नेप्से २६२१ विन्दुमा
वि.सं.२०८३ असोज २८ बुधवार १७:५५
138
shares
shares

काठमाडौँ । शेयर बजार लगातार पाँच कारोबार दिन बढेको छ। आज नेप्से परिसूचक २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।
आज सबै समूहका उपसूचक बढेका छन्। बैंक, विकास बैंक र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्। १८८ कम्पनीको शेयर मूल्य बढ्दा ८० वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।
नेप्से बढेको दिन कारोबार रकम भने घटेको छ। आज ३५४ कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो।
















