बाढीपीडितका लागि राहत बोकेर नेपाल आए बलिउड अभिनेता सोनु सुद
वि.सं.२०८३ भदौ १७ बुधवार ०५:०३
247
shares
shares

काठमाडौँ । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन्। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौँ आइपुगेका हुन्।
नेपालमा बाढीबाट ठूलो क्षति भएको खबर सार्वजनिक भएपछि सुदले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’
सुदले सोही प्रतिबद्धताअनुसार राहत सामग्रीसहित नेपाल आएर बाढी प्रभावित नागरिकलाई सहयोग गर्न लागेका हुन्।

















