NIMB Long Banner Ad

हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो

299
shares

काठमाडौं। बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान प्रभावित क्षेत्रमा पठाइएको हो।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप र औषधि पठाउनेसँगै रोग निगरानी बढाउने, सुरक्षित खानेपानी तथा सरसफाइमा जोड दिने र आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ।

बाढीका कारण खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेकाले हैजासहित पानीजन्य रोगको जोखिम बढेको मन्त्रालयले जनाएको छ। जोखिम न्यूनीकरणका लागि रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।