भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
वि.सं.२०८३ भदौ २१ आइतवार १७:१९
shares

बनेपा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका सदस्यले धुलिखेल अस्पतालमा एक वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन्।
बाढीका कारण प्रभावित परिवार स्वास्थ्य समस्या र आर्थिक भार दुवैबाट प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले निःशुल्क उपचार सेवा दिने निर्णय गरेको हो।
अस्पतालले सेवा लिन आवश्यक प्रक्रिया, कागजात र अन्य विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ। प्रभावित परिवारले सहज रूपमा उपचार सेवा पाउने गरी आवश्यक व्यवस्था मिलाइने अस्पतालको भनाइ छ।
बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले अस्पतालले आफ्नो क्षमताअनुसार स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारीसमेत गरेको छ।
अस्पतालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको स्वास्थ्य उपचार, पुनःस्थापना र पुनःनिर्माणका क्रममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

















